एसइई दिने विद्यार्थीहरुलाई शैक्षिक सामग्री

– विद्यार्थीहरु खुसी
लोकखबर
२०८२ चैत्र १९, बिहीबार ०१:३०

बिदुर – नुवाकोटको छिमेकी रसुवाको उत्तरगयास्थित एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

उत्तरगया गापाको वोगटीटारस्थित नीलकण्ठ माविका एसइइ दिने ४० जना विद्यार्थीहरुलाई शैक्षिक उपकरणहरु बितरण गरिएको हो । स्थानीय शिक्षाप्रेमी युवा दिलकृष्ण श्रेष्ठले ज्योमेट्रिक बक्स, ईस्केल, डट्पेन, काडबोर्डलगायतका शैक्षिक उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

 


सर्वाधिक रुचाइएको