आत्मनिर्भर बनाउने वडाको योजना, २५ महिला सिलाई कटाई तालिममा

लोकखबर
८ चैत्र २०७५, शुक्रबार २१:४८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का महिला आत्मनिर्भर बन्ने सोच सहित सिलाइ कटाई तालिम लिन थालेका छन् । वडाका २५ जना महिला भविष्यमा व्यवसायिक रुपमा अघि बढ्ने लक्ष्य सहित शीप सिक्न व्यस्त बनेका हुन् । सिलाइ कटाई सिक्न चाहाने महिलालाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ ले तालिम प्रदान गरेको हो ।

तालिममा प्रशिक्षक कमला ब्लोनले सहजीकरण गरिरहेकी छिन् । तालिममा उत्कृष्ट हुनेलाई एडभान्स प्रशिक्षण पनि प्रदान गरिने वडा कार्यालयको सोच छ । वडा अध्यक्ष सविन न्यौपानेका अनुसार महिलालाई शीप प्रदान गरी आत्मनिर्भर बनाउने वडाको योजना अनुसार छुट्याइएको योजना बमोजिम तालिम सञ्चालन गरिएको हो ।

उपभोक्ता समितिकी संयोजक रुबी रानाको अध्यक्षतामा भएको तालिम सुभारम्भ वडा सदस्यद्वय बेगम बराल र ईश्वरी रसाइली, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका व्यवस्थापक कुमारमणि दाहाल, शान्ति सिर्जना टोल विकास समिति अध्यक्ष उत्तम पौडेल, आमा समूहका प्रतिनिधि सानु शिलवाल, सहभागीको तर्फबाट राधिका ओझालगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*