एकसय वढि बिद्यालयमा नर्स
बिदुर – नुवाकोटको विभिन्न विद्यालयमा सन्चालित विद्यालय नर्स कार्यक्रमबाट विद्यार्थीहरुलाई सुविधा पुगेको छ । पहाडि संरचना रहेको नुवाकोटमा यसवाट विद्यार्थीहरुले स्वास्थ्य प्राविधिकको प्रत्यक्षरुपमा सेवा लिने अवसर पाएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा एकसय २९ वटा माविमा विद्यालय नर्स कार्यक्रम सन्चालन रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जसमध्ये ५० जना विद्यालय नर्स कार्यरत रहेका छन् । जनस्वास्थ्य कार्यालयले नुवाकोटमा स्वास्थ्यको अवस्था, जनस्वास्थ्यका कार्यक्रम तथा गतिविधिहरु सम्बन्धि जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । हाल एकसय २९ वटा विद्यालयमा ५० जना विद्यालय नर्समार्फत १८ हजार सातसय ३७ जनाले लाभ पाएको जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अन्जु कार्कीले जानकारी दिइन् ।

उक्त कार्यक्रम अन्र्तगत बिदुर नगरपालिकाको २१ विद्यालयमा १२ जना नर्समार्फत दुईहजार ६ सय ९६ जना, बेलकोटगढी नपाको १९ विद्यालयमा ११ जना नर्समार्फत दुईहजार तीनसय सय ३३ जना, ककनी गाउंपालिकामा १५ विद्यालयमा ६ जना नर्समार्फत एकहजार ६ सय ७० जना, किस्पाङ गापामा ६ विद्यालयमा ४ जना नर्समार्फत एकहजार एकसय ५४ जना, तादी गापामा सात विद्यालयमा चार जना नर्समार्फत चार सय ९५ जनाले लाभ लिएका छन् । यसका साथै तारकेश्वर गापामा सात विद्यालयमा चार जना नर्समार्फत दुईहजार चार सय ३८ जना, लिखु गापामा चार विद्यालयमा तीन जना नर्समार्फत पांच सय ६ जना, पन्चकन्या गापामा १४ विद्यालयमा सात जना नर्समार्फत एकहजार सातसय ५१ जना, म्यागङ गापामा आठ विद्यालयमा पांचजना नर्समार्फत एकहजार तीनसय ८३ जना, शिवपुरी गापामा ६ विद्यालयमा चार जना नर्समार्फत आठसय ६९ जना, सुर्यगढी गापामा नौ विद्यालयमा चार जना नर्समार्फत चार सय २७ जना र दुप्चेश्वर गापामा १३ विद्यालयमा दुई जना नर्समार्फत तीनहजार १५ जनाले सेवा पाएको प्रमुख डा. कार्कीले जानकारी दिइन् ।

विद्यालयमा सेवा लिएका पांचसय ६२ जनालाई भने स्वास्थ्य संस्थामा प्रेशण गरिएको थियो । कार्यालयका अनुसार जनस्वास्थ्यसंग सम्वन्धित घटनाहरुमासमेत वढोत्तरी भएको छ । यसै वर्ष एक जनाको रेविजका कारण ज्यान गएको कार्यालयका सूचना अधिकारी कृष्ण रिजालले जानकारी दिए । यससंगै रेविजप्रति सजकता अपनाउंन सर्वसाधारणमा अनुरोध गरिएको छ ।

कार्यालयका अनुसार तीन वर्षको अवधिमा आव २०८०/०८१ मा १४ जनाले विषादी सेवन र झुण्डिएर ४९ जना गरि ६३ जनाद्वारा आत्महत्या, ९९ वटा सडक दुर्घटना भएको छ । साथै आव २०८१/०८२ मा १८ जनाले विषादी सेवन र झुण्डिएर ५५ जना गरि ७३ जनाद्वारा आत्महत्या, एकसय १० वटा सडक दुर्घटना भएको छ । चालु आव २०८२/०८३ को फागुन मसान्तसम्म सात जनाले विषादी सेवन र झुण्डिएर २७ जना गरि ३४ जनाद्वारा आत्महत्या, ७३ वटा सडक दुर्घटना भएको कार्यालयले तयार पारेको तथ्यांकमा उल्लेख गरिएको छ ।

तथ्यांकअनुसार नुसवाकोटमान आत्महत्या, सडक दुर्घटनाको तथ्याङ्क बढिरहेको उल्लेख छ । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्यामा वृद्धि हुनुका साथै महिलाहरूमा हुनसक्ने अब्स्ट्रेटिक फिस्टुला, पाठेघर खस्ने समस्यालगायतका प्रजनन् स्वास्थ्य रूग्णताको जाँच शिविरसमेत भइरहेको जनाएको छ । कार्यक्रममा नुवाकोटमा रहेर विभिन्न सन्चारमाध्यममा आवद्ध पत्रकारहरु, जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, प्राविधिकहरुवीच स्वास्थय सचेतना सम्वन्धि विषयमा अन्र्तक्रियासमेत भएको थियो ।

अन्र्तक्रियामा अस्पतालमा लगेर प्रशुती गराउने कार्य बढेकोसमेत जानकारी दिइएके छ । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नवराज सुवेदी, जनस्वास्थ्य कार्यालयका अधिकृतहरु कृष्ण रिजाल, अमृत महर्जन तथा सहभागी पत्रकारहरुले स्वास्थ्य सेवाको प्रभावकारीका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।





















































