बैंकद्वारा बिद्यालयमा सहयोग

– बट्टारको विद्यालयलाई डेक्सवेन्च
लोकखबर
२०८२ चैत्र १९, बिहीबार २२:३८

बिदुर – विद्यार्थीहरुलाई शिक्षाप्रति सरलता दिने उद्धेश्यले नुवाकोटको बट्टारमा रहेको वैंकले स्थानीय एक बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । यसवाट विद्यार्थीहरुलाई अध्ययनमा सुविधा पुगेको छ ।

विदुर नगरपालिका ४ बट्टारस्थित युनाइटेड आधारभुत विद्यालयलाई बट्टारमै रहेको लुम्बिनी विकास बैंक बट्टार शाखाले विहीवार सामाजिक उत्तरदायत्वको भावनाले डेक्स बेन्चलगायतका शैक्षिक सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । वैंकले विद्यालयलाई १० सेट डेक्स बेन्च हस्तान्तरण गरेको लुम्बिनी विकास बैंक बट्टार शाखा प्रमुख अजय आचार्यले जानकारी दिए ।

बिद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख आचार्यले बैंकका तर्फवाट उपलव्ध गराइएकोे डेक्सबेन्चहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनाराण चित्रकार, प्रध्यानाअध्यापक रमेशकुमार श्रेष्ठ, विदुर नपा ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेललाई संयुक्त रुपवमा हस्तान्तरण गरे । शाखा प्रमुख आचार्यले शिक्षाको विकासवाटै आम मानिसको जीवनस्तर परिवर्तन हुने भएकाले वैंकले विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि डेक्सवेन्च सहयोग गरेको वताए ।


सर्वाधिक रुचाइएको