बकैयामा मनाइयो सहकारी दिवस

लोकखबर
१९ चैत्र २०७५, मंगलवार १६:४३

मकवानपुर । मकवानपुरको बकैया गाँउपालिकामा ६२ औँ राष्ट्रिय सहकारी दिवस र्‍याली प्रर्दशन गरी मनाइएको छ । र्‍याली बकैया ३, हात्तिसुडेस्थित बजार परिक्रममा गरेको थियो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले अबको विकास सहकारीसँग जोडिएको बताए । उनले महिलाहरुको वित्तीय पहुँच सहकारीको कारण पनि पुगेको भन्दै आर्थिक, सामाजिक विकासको सुचकाङ्क बढाउन सहकारीको विकास हुनुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष सरला बोलखे, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत खेमराज सापकोटा, बकैया ३ का वडा अध्यक्ष दिलबहादुर भोम्जन, ४ का अध्यक्ष राजन दङ्गाल, कार्यक्रम संयोजन गर्ने सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*