तालाबन्दीका विषयमा यसो भन्छन् मन्त्री दुलाल

लोकखबर
२७ चैत्र २०७५, बुधबार २०:५६

मकवानपुर । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मन्त्रालयका सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा तालाबन्दी लगाउनु आफ्नो बाध्यता भएको बताएका छन् । उनले सचिव आफ्नो कार्यप्रति जिम्मेवार नभएकाले तालबन्दी गर्नुपर्नेको बताए ।
आफूले यसअघ लिखित स्पष्टिकरण सोधेपनि सचिवले आफ्नो कार्य गर्न इमान्दारीपूर्वक नलागेका कारण कार्यकक्षमा तालाबन्दी गरिदिएको बताए ।
मन्त्रालयमा हाजिर भएदेखि कुनै फाइल निर्णय नगर्ने, मन्त्रालयका आफ्नो मातहतका कर्मचारीलाइ हप्की दप्की गर्ने, कर्मचारीलाई काम गर्नका लागि हतोत्साहित गर्ने काममा सचिव लागेको मन्त्री दुलालको भनाई छ ।
कर्मचारीहरुले पनि मन्त्रालयमा सचिव पौडेल आएपछि खासै काम गर्ने वातावरण नबनेको गुनासो गरेका छन् । समयमै गर्नुपर्ने काम नगरी सचिवले फाइल पेन्डिङ राख्ने गरेको आरोप पनि लागेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*