मेयरले भने,‘हेटौंडाको सडक २५ मिटर फराकिलो पारौं’

लोकखबर
२७ चैत्र २०७५, बुधबार २३:०५

मकवानपुर । हेटौंडाको सडक फराकिलो पार्नुपर्नेमा मेयर हरिबहादुर महतले जोड दिएका छन् । रेडियो बुलेटिने आयोजना गरेको अन्तरक्रियामा महतले सरकारले हेटौंडाको सडक २५ मिटर बनाउँने काममा अलमल गरेको बताए । उनले सडक फराकिलो नपार्दा अनेक समस्या आएको भन्दै फराकिलो पार्नका लागि सरकारलाई आग्रह गरे। सडक फराकिलो पार्नका लागि संघीय सरकारलाई आग्रह गरेपनि सरकारको ध्यान नगएको उनले गुनासो गरे ।
हेटौंडाको सडकलाई २५ मिटरमा विस्तार नगर्दा ट्राफीक समस्या आएको समेत बताए । नागरिकहरुले हेटौँडभित्र हुने सबै समस्यालाई नगरले समधान गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउँदै ट्राफिक समस्या समधान गर्ने काम मेयरको नभएको उनले बताए । हेटौंडाको विकासका लागि सडक फराकिलो पार्नुपर्ने मेयर महतको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*