मृगौला पीडित विरामीलाई सहयोग

– ट्रष्टद्वारा दुई जनालाई नगद प्रदान
लोकखबर
२०८३ बैशाख ३, बिहीबार २३:२३

बिदुर – मृगौला पीडित विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । यसले विरामीहरुलाई उपचारमा केहि सहज भएको छ । “अच्युत अर्याल मेमोरियल ट्रष्ट“को तर्फबाट मृगौला पीडित कमजोर आर्थिक अवस्था भएका दुई जना बिरामीहरुलाई जनही नगद २५/२५ हजार रुपैया सहयोग प्रदान गरिएको हो ।

गोकर्णेश्वर नपा–८ स्थित नेपाल मेडिकल कलेजमा डायलसिस गराइरहेका बिरामीद्वय संगीता विक र विशाल तामाङलाई आर्थिक सहयोग उपलब्ध गराइएको ट्रष्टका निर्मल अर्यालले जानकारी दिए । उनले आफ्ना पिता स्व. अच्युत अर्यालको स्मृतिमा स्थापित ट्रष्टले विगत तीन वर्षदेखि निरन्तर चैत्र मसान्तमा नेपाल मेडिकल कलेजमा डायलसिस गराइरहेका आर्थिक रुपमा कमजोर बिरामीहरुलाई सहयोग उपलब्ध गराउँदै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने वताए । मृगौला पीडित विरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरणका लागि नेपाल मेडिकल कलेजको प्रशासनले आवश्यक समन्वय गरेको थियो ।


सर्वाधिक रुचाइएको