गाउंमा आंखा उपचार शिविर

– दुई स्थानमा दुई सय जनाको परिक्षण
लोकखबर
२०८३ बैशाख ५, शनिबार १६:२४

बिदुर – नुवाकोटको विभिन्न स्थानमा आंखा उपचार शिवर सन्चालन गरिएको छ । पहिलो चरणमा दुई स्थानमा आंखा उपचार तथा परिक्षण शिविर सम्पन्न भएको छ ।तिलगंगा आंखा प्रतिष्ठान गौशाला काठमाडौ, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोट, रेडक्रस नुवाकोट तथा सम्वन्धित स्थानीय तहहरुको समन्वयमा पन्चकन्या र सुर्यगढी गाउंपालिकाको दुई स्थानमा आंखा उपचार परिक्षण शिविर सम्पन्न गरिएको हो ।

ति दुई स्थान गरिएको आंखा उपचार शिविरमा एकसय ९८ जनाको आंखाको परिक्षण गरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख तारावहादुर वाइवाले जानकारी दिए । उनका अनुसार परिक्षण गरिएकामध्ये २८ जनाको आंखाको मोतियाविन्दु पहिचान भएको छ । उनीहरुलाई यहि वैशाख २१ र २२ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको तिलगंगा आंखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञद्वारा आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिने तय भएको छ ।

यससंगै यहि बैशाख १७ गतेसम्म नुवाकोटका १२ स्थानमा मोतियाविन्दु पहिचान शिविर गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा पन्चकन्या गापा १ वानियाटार र सुर्यगढी गापा २ कटुन्जेमा गरिएको आंखा परिक्षण शिविरमा दुईसय जनाको आंखाको परिक्षण गरिएको आयोजकले जनाएको छ । यहि वैशाख १२ गतेसम्म नुवाकोटका अन्य १० स्थानमा आंखा परिक्षण गरि सर्वसाधारणको आंखाको मोतियाविन्दुको पहिचान गरिने आयोजकले जनाएको छ ।

नुवाकोटको विदुरमै आधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरिने रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञसहित आंखा प्राविधिक टोलीद्वारा मोतियाविन्दुको शल्यक्रिया गरिने छ । यसवाट ग्रामीण भेगमा रहेका आंखाका विरामीहरुलाई स्थानीयस्तरमै आंखाको रोगको उपचारका लागि सहज भएको सभापति श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको