शिक्षकहरुलाई बाल शिक्षा सम्वन्धि प्रशिक्षण

– दुई गापाका शिक्षकहरु सहभागी
लोकखबर
२०८३ बैशाख ८, मंगलवार २३:१०

बिदुर – बाल शिक्षालाई विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा शिक्षकहरुलाइ बाल अधिकार सम्वन्धि प्रशिक्षण दिइएको छ । दुई स्थानीय तहका शिक्षकहरलाई उक्त प्रशिक्षण दिइएको हो ।

एकिकृत सामुदायिक परियोजना अन्तरगत पन्चकन्या र दुप्चेश्वर गाउँपालिकाका बिद्यालयको फोकल शिक्षकहरूलाई बाल अधिकार, बाल संरक्षण तथा भित्ते पत्रिका प्रकाशन सम्बन्धि २ दिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, रुडेक नेपालको ब्यबस्थापनमा उक्त तालिम प्रदान गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ ।

यसैगरी, लैङ्गिक समानता कार्यक्रम अन्तर्गत पन्चकन्याका शिक्षकहरुका लागि जीवनउपयोगी सिप विकास सम्वनिध तालिमसमेत प्रदान गरिएको छ । पञ्चकन्या गाउँपालिकाको आयोजना तथा रुम टु रिड र रुडेक नेपालको प्राबिधिक सहयोग सो तालिम उपलव्ध गराइएको हो ।

 


सर्वाधिक रुचाइएको