खनियावासले उचाल्यो भलिवलको उपाधि
बिदुर – भलिवल खेलको विकास र विस्तारका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा सन्चालित सर्वाधिक राशीको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । म्यागङ गाउँपालिकाले भलिवल खेलकुदको माध्यमवाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता सन्चालन गरेको थियो । पांच दिनसम्म सन्चालित प्रतियोगिताको उपाधि खनियावास धादिङले जितेको छ । खनियावासले २–३ को सेटमा धादिङकै सिद्धलेकलाई पराजित गरेको हो ।

सो प्रतियोगिताको उपाधि विजेता खनियावास भलिवल टिमले सर्वाधिक ३ लाख ३४ हजार ४ सय ४४ रुपैया पुरस्कार प्राप्त गरेको छ । उक्त “अध्यक्ष कप भलिबल प्रतियोगिताको चौथो संस्करण म्यागङको जलपादेवीस्थित मैदानमा सन्चालन गरिएको थियो । प्रतियोगितामा उपविजेता सिद्धलेकले नगद दुईलाख २३ हजार तीनसय ३३, तृतीय स्थान जितेको नौकुण्ड गापाले नगद एकलाख १२ हजार दुईसय २२, सान्त्वना भएको आयोजक म्यागङ गापा भलिवल टिमले नगद ५६ हजार ६ सय ६६ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

प्रतियोगितामा खनियावासका मिलन घलेले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाए । उनले १२ हजार दुईसय २२ रुपैया थापे । म्यागङका अमित तामाङले वेष्ट लिवरो, खनियावासका वुद्धिमान तामाङले बेस्ट सेटर, सिद्धलेकका बिदुर घटानीले बेस्ट व्लकर, नौकुण्डका प्रविण घलेले वेष्ट सर्भर र खनियावासका लीला तामाङले वेष्ट कोचको पुरस्कार जिते । उनीहरुले जनही पांचहजार ६ सय ६६ रुपैया नगद पुरस्कारका साथै ट्रफी पुरस्कार पाएका छन् ।

प्रतियोगिता अन्र्तगत फाइनल खेलमा खनियाबास भलिवल टिमले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै उपाधि हात पारेको हो । खनियाबासले सिद्धलेक टिमलाई पराजित गर्दै उपाधि च्याम्पियन बनेको हो । निकै आकर्षक, रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो सेट हारेपछि खनियाबासले दोस्रो र तेस्रो सेट जित्दै वरावरीमा फर्किएको थियो भने चौथो सेटमा सिद्धलेकले जित हात पार्दै खेललाई निर्णायक पाँचौं सेटसम्म पु¥याएको थियो ।

अन्तिम सेटमा भने खनियाबासका खेलाडीहरूले आक्रामक र दवावपुर्ण तथा बलियो डिफेन्स प्रस्तुत गर्दै जित निकालेका हुन् । उक्त प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले पुरस्कृत गरे । उनले भलिवल खेलको विकास, प्रवद्र्धन र खेलाडिहरुको पहिचानका लागि यस प्रतियोगिताले सहयोग गरेको वताए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले वर्तमान अवस्थामा खेलकुदले देश तथा खेलाडिको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपालको खेलकुद क्षेत्रको सम्भावनालाई अझ मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उक्त भलिवल प्रतियोगिता यसअघि पनि तीन पटक सन्चालन गरिसकिएको र यस पटक पनि खेल पर्यटन, खेलाडिह पहिचान, सम्वद्र्धन र खेलकुदको विकासका लागि सन्चालन गरिएको म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले जानकारी दिए । उनले यसवाट खेलाडिहरुको संरक्षण तथा खेलकुदको विकास हुने वताए । बागमती प्रदेश अन्तरपालिका स्तरीय “म्यागङ गाउँपालिका अध्यक्ष कप” पुरुष भलिबल प्रतियोगितामा बागमती प्रदेशका विभिन्न पालिकाहरूको सहभागिता रहेको गापा उपाध्यक्ष सीता वाइवाको भनाई छ ।

प्रतियोगिताका खेलहरुे स्थानीय जालपादेवी मन्दिर खेल मैदानमा सन्चालन गरिएको थियो । विनासकारी भुकम्प गएको वेला उक्त खेल मैदानमा भलिवल खेल प्रतियोगिता भइरहेको स्मरणमा उक्त प्रतियोगिता सन्चालन गरिएको जनाइएको छ । उक्त दिन प्रतियोगिता अवलोकनका लागि खेल मैदानमा स्थानीयवासी पुगेका कारण मानवीय क्षति हुनवाट वचेको स्मरणमा खेलकुदमार्फत स्थानीय स्तरमा खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले युवाहरुको सहभागितालाई जोड दिदै प्रतियोगिता सन्चालन गरिएको आयोजक म्यागङ गापाले जनाएको छ ।
























































