स्वास्थ्य स्वंसेविका प्रवद्र्धन कार्यक्रम
बिदुर – सामुदायिक स्वास्थ्य सम्वद्र्धनमा खटिएका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई नुवाकोटको रातमाटेमा प्रवद्र्धन कार्यक्रम सनचालन गरिएको छ ।कार्यक्रमअन्र्तगत स्वंसेविकाहरुलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

बेलकोटगढी नगरपालिका ७ द्वारा विनियोजित बजेटबाट वडामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहन स्वरूप विभिन्न सामग्री वितरण गरिएको हो । स्वास्थ्य स्वंसेविकाहरूको कार्य सम्पादनमा सहजता र सेवा प्रवाहमा क्रियाशीलताका लागि प्रतिव्यक्ति एक थान कोट, झोला र छाता प्रदान गरिएको हो ।

कार्यक्रमकावीच बेलकोटगढी नपा ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल र कार्यपालिका सदस्य गमला लामाले महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ति सामग्रीहरु हस्तान्तरण गरे । वडाध्यक्ष नेपालले गाउंमा स्वास्थ्य सेवाको प्रभावकारितामा महिला स्वास्थ्य स्वंसेविकाको विशेष योगदान रहेको वताए ।



















































