भेपसहित चालक पक्राउ

– कारवाहीका लागि भन्सार वुझाइयो
लोकखबर
२०८३ बैशाख २१, सोमबार ००:५३

बिदुर – नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका टिमुरेवाट धुन्चे हुदै काठमाडौ जांदै गरेको एक कन्टेनरवाट भेप र नगदसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले कारवाहीका लागि रसुवा भन्सार कार्यालयमा वुझाएको छ ।

प्रहरीले चेकजांचका क्रममा टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८०२७ नम्बरको कन्टेनर डिव्वाको अगाडि क्याबिनको भागमा लुकाइराखेको एल्फबार लेखिएको ४३६ थान भेपसहित चालक रसुवाको आमाछोदिङ्मो गापा ५ का ३४ वर्षिय रविन्द्र श्रेष्ठलाई कन्टेनरसहित पक्राउ गरिएकोे प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए ।

प्रहरीले अवैध रूपमा भेप ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा कारबाही गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । धुन्चेस्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरीको टोलीले धुन्चे हुदै काठमाडौं जाने क्रममा रहेको सो कन्टेजनलाई चेकिङ गर्ने क्रममा भेपसहित चालकलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि आइतवार टिमुरेस्थित रसुवा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको