चलचित्रमैत्री शहर प्रवद्र्धन कार्यक्रम

– बोर्ड र महानगरवीच सहकार्य
लोकखवर मनोरन्जन संवाददाता
२०८३ बैशाख २२, मंगलवार ००:३३

बिदुर – चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकावीच चलचित्रमैत्री शहर प्रवद्र्धन कार्यक्रम सन्चालन भएको छ । यसका लागि दुवै पक्षले सहकार्य गरेका छन् । काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित महानगरपालिका र बोर्डबीच सहकार्य सुरु भएको छ ।

जसअन्र्तगत पहिलो चरणमा फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता गरिएको छ । काठमाडौँ महानगरपालिका र चलचित्र विकास वोर्डवीच युवाहरुलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिमका लागि सम्झौता अनुसार कार्य सुरु भएको छ । महानगरकी कार्यवाहक मेयर सुनीता डंगोलको विशेष आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र चलचित्र विकास वोर्डका तर्फबाट अध्यक्ष दिनेश डिसीवीच सम्झौता पत्रमा हस्ताक्षर गरि यस समवन्धि आवस्यक कार्य सुरु भएको छ । दुवै पक्षवीच सम्झौता पत्र एक/एक प्रति आदानप्रदान गरिएको छ ।

उक्त कार्यक्रममा वोर्डका अधिकृत प्रभाकर भट्टराई र तिलोचन थापासहित महानगरका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो ।
सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म फोटोग्राफी तथा भिडियो पत्रकारिता सम्बन्धि तालिम प्रदान गरिने चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

उनका अनुसार तालिम चलचित्र विकास बोर्डको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुनेछ । बोर्डले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि आव्हानसमेत गरिसकेको छ । बोर्डका अनुसार, यस तालिमले युवाहरूमा व्यावसायिक फोटोग्राफी, भिडियो पत्रकारिता तथा दृश्य–श्रव्य सामग्री निर्माणसम्बन्धी आधारभूत तथा व्यवहारिक सीप विकास गर्नेछ ।

यसका साथै, चलचित्र, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका नयाँ अवसरहरूमा युवाहरूको पहुँच बढाउने अपेक्षा गरिएको अध्यक्ष डिसीको भनाई छ । उनका अनुसार चलचित्र विकास बोर्डले तालिमले काठमाडौंमा चलचित्र, मिडिया र सिर्जनात्मक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।


सर्वाधिक रुचाइएको