यातायात कार्यालय अध्ययन गर्न कार्यदल, श्रीचन्द्र शर्मा संयोजक

एक महिना पन्ध्र दिनमा प्रतिवेदन बुझाउँनपर्ने
लोकखबर
१० बैशाख २०७६, मंगलवार १९:३६

मकवानपुर । प्रदेश ३ सरकारले प्रदेशका यातायात कार्यालयलाई व्यवस्थित बनाउँने सम्बन्धमा अध्ययन गर्न श्रीचन्द्र शर्माको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
मुख्यमन्त्री स्तरिय निर्णयबाट गठित कार्यदल समितिको सदस्यमा यातायात व्यवसायी माधव अधिकारी, ट्रेड युनियनका अर्जुन अर्याल, सोम तामाङ, धर्म भण्डारी, ट्रक यातायात व्यवसायी महासंघका योगेन्द्रनाथ कर्मचार्य, नारायणी यातायात व्यवसायी संघका हिरालाल श्रेष्ठ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका डेकनाथ गौतम, तराई यातायात व्यवसायी संघका ओम कार्की, नारायणी यातायात कम्पनी प्रालिका गोकर्ण पराजुली, अधिवक्ता मुकुन्द अधिकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयका सातौं तहका अधिकृतलाई सदस्य सचिव रहेका छन् ।
समितिले कार्यालयहरुलाई व्यवस्थित गर्नका लागि आवश्यक अध्ययन गरी प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्नेछ । कार्यदलले एक महिना पन्ध्र दिनमा आफ्नो प्रतिवेदन पेश गरिसक्नुपर्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*