नुवाकोट बारमा नयां नेतृत्व

– घिमिरेको नेतृत्वमा नयां कार्य समिति
लोकखबर
२०८३ बैशाख २६, शनिबार ००:००

बिदुर – कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसन नुवाकोटको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयां नेतृत्व चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि नुवाकोट बारको अध्यक्षमा ओखरपौवाका उत्तम घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । यसअघि, उक्त साधारण सभाको नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले उद्घाटन गरेका हुन् ।

उनले बारले नेपालको कानूनको संरक्षण, समवद्र्धन र प्रवद्र्धनमा महत्वपुर्ण योगदान पु¥याएको वताए । नागरिक अधिकार सुनिश्चितताका लागि बारको योगदान निकै महत्वपुर्ण रहेको र यसलाई भुल्न नहुने उनले वताए ।

साधारण सभाले सर्वसम्मत रुपमा चयन गरेका उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा गरिमा पान्डे, सह–सचिबमा बासुदेव रिजाल, कोषाध्यक्षमा नवदीप श्रेष्ठ रहेका छन् । सदस्यहरुमा सुदनराज कडुवाल, सुकबहादुर तामाङ, सुनील रिमाल, कुशल दुवाडी, पार्वती लोहनी र सुमन चालिसे चयन भएका छन् ।

साधारण सभाले केन्द्रीय पार्षदहरुमा कुमार अधिकारी, कृष्णलाल श्रेष्ठ, ओमकुमारी भट्ट र किरणप्रकाश कुइकेलाई चयन गरेको छ । नुवाकोट बारमा ६१ सदस्य रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले कानूनी क्षेत्रको विकास, व्यवसायिक हकहित संरक्षण तथा न्यायिक सेवाको प्रभावकारी प्रवाहमा महत्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गरिएको छ । नागरिक अधिकारका लागि क्रियाशील हुने जनाएको छ ।


सर्वाधिक रुचाइएको