कांग्रेसले सुरु ग¥यो जरा अभियान

– एकजुट र मजवुत हुदै गएको सहमहामन्त्रि लामाको भनाई
लोकखबर
२०८३ बैशाख २७, आईतवार ०१:३०

बिदुर – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले नुवाकोटमा जरा अभियान सन्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको दुई माहिनापछि कांग्रेसले नुवाकोटको बिदुरमा उक्त अभियानको सुरुवात गरेको हो । अभियानको कांग्रेस सहमहामन्त्री तथा वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि बहादुरसिंह लामातामाङले उद्घाटन गरेका हुन् ।

उनले कांग्रेसलाई सशक्त वनाउने उद्धेश्यले यस अभियान सन्चालन गरिएको वताए । उनले कांग्रेस परिवर्तित घटनाक्रमसंगै एकजुट हुदै गइरहेको दावी गरे । कांग्रेस जनताको मनवाट कहिले पनि हट्न नसक्ने उनले वताए ।

कार्यक्रममा कांग्रेस नेता तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, कांग्रेस नुवाकोटका सभापति तथा वागमति प्रदेश सभा सदस्य रमेशकुमार महत, क्षेत्रिय सभापति जगतवहादुर तामाङ तथा अभियानमा सहभागी केन्द्रीय प्रतिनिधि, युवा, विद्यार्थी, महिलाहरुको सहभागिता रहेको थियो । कांग्रेसले जरा अभियान तथा क्रियाशील सदस्यता अध्यावधिक कार्यक्रममा संगठन सुदृढीकरण, सदस्यता अध्यावधिक तथा पार्टीलाई जनतासँग अझ मजबुत रूपमा जोड्ने उद्देश्यका साथ सनचालन गरिएको जनाएको छ ।


सर्वाधिक रुचाइएको