रास्वपा किस्पाङको अधिवेसन

– भट्ट सभापतिमा सर्वसम्मत
लोकखबर
२०८३ बैशाख २८, सोमबार ००:०३

बिदुर – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटमा धमाधम पालिका अधिवेसन गरिरहेको छ । रास्वपा किस्पाङ गाउँपालिकाको प्रथम अधिवेसन सम्पन्न भएको छ ।
अधिवेसनले सभापतिमा फिकुरीका शिवप्रसाद भट्टलाई निर्विरोध चयन गरेको छ ।

भट्टको नेतृत्वमा ११ सदस्यीय पालिका कार्य समिति निर्विरोध चयन गरेको हो । उप सभापतिमा विजयकुमार तामाङ सहित नयां कार्य समिति चयन भएको छ । यसअघि उक्त अधिवेसनको प्रमुख अतिथि तथा रास्वपा केन्द्रीय सदस्य रामकृष्ण भट्टराईले उद्घाटन गरेका हुन् ।

उनले देशमा रास्वपाको नेतृत्वमा परिवर्तन र जनपक्षिय विकास हुने दावी गरे । अधिवेसन उद्घाटन कार्यक्रममा केन्द्रीय संघिय मंन्च सदस्य दामोदर नेपाल, वागमति प्रदेश महामन्त्री सुुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेल, कोषाध्यक्ष जानुका सापकोटाखतिवडा, प्रदेश स्वास्थ्य विभाग सदस्य बिनोद वोगटीलगायतले आआफ्नो धारणा राखेका थिए ।


सर्वाधिक रुचाइएको