किसानहरुलाई मौरीपालन प्रशिक्षण
– सिपलाई व्यवहारमा उतार्न आग्रह
बिदुर– मौरीपालक किसानहरुलाई नुवाकोटमा मौरीपालन तालिम प्रदान गरिएको छ । सिपलाई व्यवहारमा उतार्न आग्रह गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटमा व्यवसायिक किट विकास फार्मको आयोजनामा तीन दिने मौरीपालन तालिम सम्पन्न भएको हो ।

तालिममा ३० जना मौरीपालक किसानहरुको सहभागिता रहेको थियो । तालिममा व्यवसायिक फार्मका प्राविधिक अनिष अर्याल र गिर्भान ओलीले सहजीकरण गरेका थिए । मौरीपालक कृषक भीमप्रसाद अधिकारीले प्रयोगात्मक सहजीकरण गर्दै मौरीपालनको सम्भावना, चुनौती तथा व्यावसायिक अवसरबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका सहभागीहरुलाई व्यवसायिक किट विकास फार्मका प्रमुख देबेश राई साम्पाङ, नेपाल मौरीपालक महासङ्घ नुवाकोटका अध्यक्ष भीमप्रसाद अधिकारीलगायतले प्रमाणपत्र प्रदान गरेका हुन् ।











































