सांढे दुई वर्षपछि फरार प्रतिवादी पक्राउ

– कैद भुक्तानका लागि कारगार चलान
लोकखबर
२०८३ बैशाख २९, मंगलवार ०१:०५

बिदुर– सांढे दुई वर्षपछि नुवाकोटमा नकवजनी चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।नुवाकोट जिल्ला अदालतले गत २०८० साल कार्तिक २३ गतेको फैसलाले दोषी ठहर गरि फरार रहेका एक युवक सांढे दुई वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अदालतको फैसला बमोजिम नकवजनी चोरी मुद्दामा ११ महिना १७ दिन कैद .१० हजार रुपैया जरिवाना भुक्तान गर्न बाँकी भई फरार रहेका ककनी गाउँपालिका ७ नयाँबस्तीका ३१ वर्षिय बिकास नेपालीलाई सोमवार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार नेपालीलाई प्रहरीले पक्राउ गरी सोमवारै नुवाकोट जिल्ला अदालतमा पेश गरिएको छ । अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।


सर्वाधिक रुचाइएको