बेलकोटगढीमा भूमि प्रशासन सेवा

– आवस्यक तयारी सुरु
लोकखबर
२०८३ बैशाख ३०, बुधबार १७:१९

बिदुर – सरकारले नुवाकोटको बेलकोटगढी नगरपालिकामासमेत भूमि प्रशासन सेवा सन्चालनको निर्णय गरेपछि यसको तयारी सुरु भएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नपासहित देशका अन्य ३५ स्थानीय तहबाट भूमि प्रशासन सेवा सन्चालनको लागि सरकारले आवस्यक तयारी सुरु गरेको छ । सरकारले नुवाकोटको बेलकोटगढी नपामा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने तयारी अघि बढाएसंगै सर्वसाधारण खुसी भएका छन् ।

बेलकोटगढी नुवाकोटको पर्यटकिय तथा कृषियोग्य भूमि हो । बेलकोटगढी नपामा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने व्यवस्थासँगै नागरिकहरूले जग्गा सम्बन्धी सेवा स्थानीय तहबाटै सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । सेवा विकेन्द्रीकरणसँगै नागरिकलाई छिटो, सरल र प्रभावकारी सेवा प्रदान गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ । यसवाट सर्वसाधारणलाई भुमि सम्वन्धि कार्य आफ्नै नपावाट पाउने भएपछि सुविधा पुग्ने जनाइएको छ ।


सर्वाधिक रुचाइएको