बजेटमार्फत माग सम्वोधन गर्न माग

– माग पुरा नभए आन्दोलन गर्ने चेतावनी
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ २, शनिबार २३:४४

बिदुर – काठमाडौ उपत्यकाको तीनवटै शहरको फोहोर फालिदै आएको नुवाकोटको वन्चरेडांडामा फोहोर प्रभावितको गुनासो सुनुवाई हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् । उनीहरुले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा वन्चरेडांडा फोहोर प्रभावितका लागि आवस्यक वजेट विनियोजन गरिनुपर्ने माग गरेका छन् ।
स्थानीय प्रभावितहरुले शनिवार जनप्रतिनिधिसहितको भेला गरेका छन् ।

नुवाकोटको ककनी गाउंपालिका र छिमेकी धादिङको धुनिबेसी नपाका प्रमुखहरूले जनताको पक्षमा आफुहरु रहेको वताएका छन् । उनीहरुले वर्तमान सरकारलाई सहयोग गर्ने यद्यपि, अबको बजेटमा स्थानीय फोहोर पीडितहरूको विषयमा सम्बोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको वताए । आगामी आर्थिक वर्षको बजेटमा सिसडोल बन्चरे डाँडा ल्यान्डफिलड साइडका स्थानीयहरूको माग सम्बोधन हुनुपर्ने भेलामा सहभागीहरुले माग गरेका छन् ।

कार्यक्रममा नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, छिमेकी धादिङको धुनिबेसी नपाका मेयर वालकृष्ण आचार्यलगायले स्थानीयवासीको माग आफुहरुले सदैव सुनिरहेको उल्लेख गर्दै अव संघीय सरकारले साथ दिनुपर्ने वताए । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रमुखहरूले सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् ।

उनीहरूले वर्तमान सरकारलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा प्रभावित क्षेत्रका समस्या र माग समेटिएन भने आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । बन्चरे डाँडा ल्यान्डफिल साइटका पीडितहरूको मुआब्जा र क्षतिपूर्ति तत्काल पाउनुपर्ने फोहोर प्रभावित स्थानीय सुमित्रा घिमिरेको भनाई छ ।


सर्वाधिक रुचाइएको