विद्यालय परिसरमा चितुवाको बच्चा

– उद्धार गरि छाडियो जंगलमा
लोकखबर
२०८३ जेष्ठ ६, बुधबार ००:१३

बिदुर – नुवाकोटको पशिचमी भेगमा रहेको वुधसिङमा एक विद्यालय परिसरमा चितुवाको वच्चा फेला परेको छ । तारकेश्वर गाउँपालिका–४ वुधसिङमा मंगलवार चितुवाको बच्चा भेटिएको हो ।

उद्धारपछि सुरक्षित रुपमा वनमा छाडिएको छ । तारकेश्वर गापा वुधसिङस्थित सरस्वती आधारभूत विद्यालय परिसरमा चितुवाको बच्चा भेटिएको हो । विद्यालयका शिक्षकहरूको सहयोगमा स्थानीयवासीले चितुवाको उक्त बच्चालाई मुचुल्का गरि सुरक्षित रूपमा उद्धार गरेर जंगलमा छाडेका हुन् ।

उद्धारपछि डिभिजन वन कार्यालय नुवाकोटसहित सरोकारवालाहरूले चितुवाको बच्चालाई सुरक्षित बासस्थान सुनिश्चित गर्दै नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको हो ।

सार्वजनिक स्थल, वन क्षेत्र, विद्यालय, तथा आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको डिभिजन वन प्रमुख प्रदीपनाथ शर्माको भनाई छ । उनका अनुसार वन्यजन्तु संरक्षण र मानव सुरक्षाप्रति सचेत रहँदै चनाखो रहन आम सर्वसाधारणलाई सचेत गराइएको छ ।


सर्वाधिक रुचाइएको