विभिन्न मुद्धाका फरार पांच अभियुक्त पक्राउ
बिदुर– नुवाकोटसंगै जोडिएको रसुवामा विभिन्न मुद्धाका पांच जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कारवाहीका लागि अदालतमा पेस गरिएको छ ।
पक्राउ परेकामध्ये दुई जना आपराधिक अपद्रव, एक जना केहि सार्वजनिक अपराध, एक जना चोरी सम्वन्धि कसुर र एक जना ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्धामा अदालतवाट दोषी ठहर भई फरार रहेकाहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका पांच जना पुरुष प्रतिवादीलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ । आपराधिक अपद्रव मुद्धामा दोषी ठहर भई पक्राउ परेकाहरुमा रसुवाको आमाछोदिङ्मो गाउंपालिका ३ का ३५ वर्षिय सज्जन लामा, सोही स्थानका ३३ वर्षिय रिसवहादुर तामाङ, केहि सार्वजनिक अपराध मुद्धामा पांच हजार रुपैया जरिवाना फैसला भएका रसुवाकै गोल्जुङका दिलिपकुमार तामाङ रहेका छन् ।

प्रहरीले चोरी सम्वन्धि मुद्धामा दुई वर्ष ११ महिना सात दिन कैद र ३० हजार रुपैया जरिवानाको फैसला भएका उत्तरगया गापा २ का ३२ वर्षिय सुजन वाइवा र ज्यान मार्ने उद्योग अन्र्तग तगत २०८१ साल फागुन १९ गते मुद्धा मल्तीमा रहनेगरि फैसला भएका गोसाइकुण्ड गापा ५ का २१ व्र्षिय रविन तामाङ रहेको प्रहरीले जनाएको छ ।आपराधिक अपद्रव मुद्धामा दोषी ठहर भई पक्राउ परेका रिसवहादुर तामाङ भने ४५ हजार रुपैया धरौटी वुझाएर थुनामुक्त भएको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । प्रहरीले फरार अभियुक्तहरु पक्राउ अभियान सन्चालन गरिरहेको रसुवा प्रहरीले जनाएको छ ।











































