सुर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि सचेतना

– विभिन्न स्थानीय तहहरुमा अभिमुखिकरण
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ जेष्ठ ६, बुधबार २३:३१

बिदुर– सुर्तीजन्य तथा मदिरापान नियन्त्रणका लागि नुवाकोटका विभिन्न स्थानीय तहहरुका सचेतनामुलक कार्यक्रम गरिएको छ । जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुलाई यस सम्वन्धमा अभिमुखिकरण प्रदान गरिएको छ । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा विभिन्न स्थानीय तहहरुका पुगेर उक्त कार्यक्रम गरिएको छ ।

स्वास्थ्यका लागि प्रतिकुल रहेको सुर्तीजन्य तथा मदिरापान नियन्त्रणका लागि स्थानीय तहहरुले प्रभावकारी रुपमा कार्य सन्चालन गरिनुपर्नेमा जोड दिइएको छ । पछिल्लो पटक उक्त कार्यक्रम बेलकोटगढी नगरपालिकाको वाघखोरमा गरिएको छ । मेयर जगतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुर्तीजन्य तथा मदिरापान नियन्त्रणका लागि सामूहिक प्रतिवद्धता जनाइएको छ ।

उता, लिखु गाउंपालिको समन्वयमा लिखुको भलाद्मीडांडामा सुर्तीजन्य तथा मदिरापान नियन्त्रण तथा नियमन सम्बन्धि स्थानीयतहमा पैरबी कार्यक्रम सम्पन्न गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रम्ुख डा. अन्जु कार्कीको भनाई छ । वेलकोटगढी नपामै रेबिज रोग तथा यसबाट बच्ने उपायको सम्वन्धमा अन्र्तक्रिया गरिएको छ ।

शुक्रराज ट्रपिकल अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय र बेलकोटगढ़ी नपाको समन्वयमा बेल्कोटगढ़ी नपाभित्रका जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका, शिक्षक, स्वास्थ्यकर्मीलगायत सरोकारवालाहरु वीचमा रेबिज रोग तथा यसबाट बच्ने उपायको बारेमा बृहत् जनचेतनामुलक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

यसका साथै जनस्वास्थ्य कायर्षलय नुवाकोटले तादी गाउंपालिकामा नसर्ने रोग सम्वन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । तादीको रालुकामा जनसमुदायमा नसर्ने रोग सम्वन्धि जानकारीमुलक कार्यक्रम गरिएको हो ।


सर्वाधिक रुचाइएको