पौने ३७ लाख बरावरको भेप वरामद

– दुई महिलासहित आठ जना पक्राउ
लोकखबर
२०८३ जेष्ठ ७, बिहीबार २३:४८

बिदुर – चेकजांचको क्रममा प्रहरीले ठुलो मात्राको भेपसहित आठ जनालाई प्रहरीले रसुवामा पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना महिला रहेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ दालफेदीमा ४४ वर्षीया मम्ममाया तामाङको घरबाट प्रहरीले ६ वाक्सा कार्टनुमा एकहजार २ सय २५ थान भेप (विद्युतीय चुरोट) बरामद गर्दै दुई महिलासहित आठ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले मममाया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र र ६ वटा कार्टुनमा राखिएको इल्पबार आइस किङग लेखिएको भेप बरामद गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार बरामद गरिएको भेपको अनुमानित मूल्य ३६ लाख ७५ हजार रपैया रहेकोे छ । उक्त घटनामा पक्राउ पर्नेहरुमा गोसाइँकुण्ड गाउँपालिका–३ का राजकुमार तामाङ र छोमाया तामाङसहित नुवाकोट, धादिङ, बाजुरा तथा ओखलढुंगाका आठ व्यक्तिहरूलाई पक्राउ गरिएको रसुवा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ की ४४ वर्षीया मम्माया तामाङ, सोही स्थानका ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका –३ का २५ वर्षीय सहिन गुरुङ, बाजुराको बढिमालिका नगरपालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका–४ घर भई वालाजु वस्ने २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका–६ घर भई वालाजु वस्ने २६ वर्षीय नेत्रबहादुर थापामगर रहेका छन् । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको