श्रोत सामग्री व्यवस्थापन कार्यक्रम
बिदुर – जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सचेतना प्रदान गर्दै नुवाकोटको शिवपुरी गाउँपालिकामा स्रोत सामग्री व्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम गरिएको छ । स्रोत सामग्री व्यवस्थापनका लागि गर्नुपर्ने कार्यका सम्वन्धमा जानकारी दिइएको छ । शिवपुरी गापा शेरावगरमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि स्रोत सामग्री व्यवस्थापन तथा निर्माण अद्यावधिक अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले यस कार्यक्रमवाट जनप्र्रतिनिधि तथा कर्मचारीहरुको श्रोत सामग्री वयवस्थापन तथा निर्माण अद्यावधिकका सम्वन्धमा महत्वपुर्ण जानकारीहरु प्राप्त भएको वताए । कार्यक्रममा संघीय मामिला मन्त्रालयका माधवप्रसाद ढकाल, क्षमता विकास तालिम प्रमुख गंगाधर पौडेल, अनन्त न्यौपानेलगायत मन्त्रालयका अधिकारीहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रममा शिवपुरी गापाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, विभिन्न वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र अद्यावधिक बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।














































