रास्वपा उत्तरगया र कालिकाको भेला
बिदुर – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिका अधिवेसनहरु गरिरहेको छ । जस अनुसार रसुवाको उत्तरगया र कालिका गाउँपालिकाको भेला सम्पन्न भएको छ । नुवाकोटसंगै जोडिएको रसुवाको रास्वपा सभापतिमा रामहरी न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

उक्त प्रथम भेलाले नयाँ गाउँपालिका तदर्थ समिति सर्वसम्मत चयन गरेको हो । भेलाले उप–सभापतीमा सहदेव श्रेष्ठ, सचिवमा रामशरण पौडेल र सहसचिवमा निर्मल लामालाई चयन गरेको छ । महिला सदस्यहरूमा ईश्वरी लामिछाने र सरिता नेपाली सर्वसम्मत चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा श्रीकृष्ण पौडेल, विज्ञान आचार्य, बुद्धसिङ तामाङ र भरत नगरकोटी चयन भएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिका गाउँपालिकाको भेलासमेत सम्पन्न भएको छ । भेलाले सभापतिमा सागर पौडेललाई चयन गरेको छ ।

कालिकास्थानमा शुक्रबार सम्पन्ने भेलाले गाउँपालिका तदर्थ समिति सर्वसम्मत चयन गरेको हो । उक्त गापा तदर्थ समितिको उपसभापतिमा उमेश धिताल, सचिवमा भरतप्रसाद न्यौपाने र सहसचिवमा गोपालबहादुर तामाङ चयन भएका छन् । भेलाले पदाधिकारीसहित सम्पूर्ण कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको हो ।


















































