किशोरको जन्मदिन बृद्धाश्रममा

– आर्थिक सहयोग प्रदान
लोकखबर
२०८३ जेष्ठ ९, शनिबार ००:१४

बिदुर – पछिल्लो समय जन्मदिन खर्चिलो रुपमा वनाउने प्रचलनलाई अन्त्य गर्दै नुवाकोटको बिदुरका एक किशोरले देवीघाटमा रहेको वृद्धाश्रममा वृद्धवृद्धासंगै आफेनो जन्मदिन मनाएका छन् । आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई आर्थिक सहयोगसमेत गरि एक जना किशोरले शुक्रवार आफ्नो जन्मदिन मनाएका हुन् ।

खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ? आफु मेटाइ अरुलाइ दिनु जहाँ छ भन्ने मुल मर्मलाई आत्मसात गर्दै बिदुर नगरपालिका  २ बिदुरका सुविस गिरीले आफेनो १७ औँ जन्मदिनको अवसरमा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर त्यहां वसोवास गरिरहेका वृद्ध बाआमाहरूलाई भोजनका लागि नगद १० हजार रुपैया हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानमा रहेका ३५ जना वृद्ध बाआमाहरूलाई मिष्ठान्न भोजन व्यवस्थापन गरी बा आमालाई फलफुललगायतका खाद्य सामग्री वृद्ध बाआमाहरूको हात हातमा प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्यहरुका किशोरका सपता विष्णुराज गिरी माता सुमित्रा गिरी, ठुलोवुवा नारायण गिरीलगायतले सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । यसैगरि, मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ राजदेवी निवासी सदिशा पौडेलदाहालले आफ्नो २३ औँ जन्मदिनको अवसरमा प्रतिष्ठानमा पुगेर खाद्यान्न प्रदान गरेकी छन् ।

उनले प्रतिष्ठानमा वसोवास गरिरहेका वृद्ध बाआमाहरूलाई भोजनको लागि चामल, दाल, नुन, तेल, मसला, तरकारी, दही, खाजाको लागि दूध, पाउरोटीलगायतका सामग्रीहरू प्रदान गरेकी हुन् । यस्तै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ निवासी ललीता सापकोटाचापागाईंको ३३ औँ जन्मदिनवको अवसरमा प्रतिष्ठानका वृद्ध बाआमाहरूलाई भोजनको लागि नगद १० हजार रुपैया प्रदान गरेका छन् ।

हाल अष्ट्रेलिया वसोवास गर्दै आइरहेकी ललीता सापकोटाचापागाईंको तर्फवाट पिता भोलाप्रसाद सापकोटा र माता सानुमैया सापकोटाले प्रतिष्ठान पुगेर उक्त रकम प्रदान गरेका हुन् । उक्त रकमवाट प्रतिष्ठानका वसोवास गरिरहेका ३५ जना वृद्ध बाआमाहरूलाई भोजन व्यवस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको