लिखु र सुर्यगढीमा रास्वपाको अधिवेसन
बिदुर – सत्तारढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नुवाकोटमा धमाधम पालिका अधिवेसन गरिरहेका छन् । जसअन्र्तगत शनिवार लिखु र सुर्यगढी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । लिखु गापामा विष्णुकुमार श्रेष्ठ र सुर्यगढीमा राजु गिरी सभापति भएका छन् ।

दुवै गापाको अधिवेसनको उद्घाटन कार्यक्रममा पार्टीका नेता, सूचना तथा सन्चारमन्त्रि डा. विक्रम तिमिल्सिना र रास्वपा वागमति प्रदेश समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछानेले मन्तव्य राखेका थिए । कार्यक्रममा नेता, सूचना तथा सन्चारमन्त्रि डा. विक्रम तिमिल्सिनाले सरकार जनतामा अनुभुत हुने गरि देशमा विभिन्न कार्यक्रम गर्न सुरु गरेको वताए ।

उनले विगतमा नभएको जनपक्षिय काम अहिलेको सरकारले थालनी गरेकोसमेत वताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछानेले रास्वपा र सरकार जनताका लागि केहि गर्न आएको वताए । जनताले परिवर्तनको महसुस गर्न सुरु गरेको र त्यसमा रास्वपा अनि सरकार सदा जनताकै पक्षमा रहनेसमेत उनले वताए ।
अधिवेसनले रास्वपा सुर्यगढी गापाको पालिका सभापतिमा राजु गिरीलाई निर्वाचित गरेको हो ।

सचिवमा रमेश लामा चुनिएका छन् । लिखु गापाको नेतृत्वका लागि भने अधिवेसनमा सभापति पदका लागि चार जनाले दाबी प्रस्तुत गरे पनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि दिलिप गौतम र विष्णुकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । अधिवेशनमा कुल १ सय १ मत खसेकोमा श्रेष्ठले ६८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी गौतमले ३३ मत प्राप्त गरेका थिए । श्रेष्ठले गौतमलाई दोब्बरभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित सभापति श्रेष्ठले पार्टीलाई सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र युवाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा नुवाकोट क्षेत्र नं. २ का सांसद एवं रास्वपा बागमती प्रदेश सभापति अचुतम लामिछाने, केन्द्रीय सदस्य मधुसुदन ढकाल, प्रदेश महामन्त्री सुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेल तथा केन्द्रीय बिभाग, प्रदेश बिभागलगानयतका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैवीच, राष्ट्रिय स्वतन्त्र पार्टी नौंकुण्ड गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ । शनिवार नौकुण्डमा भएको प्रथम अधिवेसनबाट सभापतिमा बिनोद गुरुङ, उपसभापतिमा सुकेश तामाङ र सचिव सर्बिस तामाङ चयन भएका छन् ।















































