गाडीले ठक्कर दिंदा वृद्धको मृत्यु
– दुई वटा गाडी नियन्त्रणमा
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको कुमरीमा गाडीले ठक्कर दिदां स्थानीय एक जना वृद्धको ज्यान गएको छ । प्रहरीले दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।
सदरमुकाम बिदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको बेलकोटगढी नगरपालिका १ कुमरीमा भएको घटनामा सोही स्थानका ६५ बर्षिय कृष्णवहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले बा३क २०३० नं.को आईचर गाडी र त्यसका चालक सोही स्थानका ४३ वर्षिय भीम तामाङलाई नियन्त्रण लिईएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

वृद्ध घाममा वसिरहेका वेला उक्त घटना भएको र प्रहरीले एउटा आइचर र वोलेरो गाडी नियन्त्रणमा लिएको स्थानीयवासीले वताए । भन्ज्याङस्थित शेराबाट चिम्टेश्चर जाने भित्री सडक खण्डमा गाडीले वृद्ध कृष्णवहादुर तामाङलाई ठक्कर दिदा उनको घटनास्थलमै प्रहरीले जनाएको छ ।











































