चलचित्र लेखन तथा निर्देशन तालिम

– चलचित्र निर्माण र प्रर्दशन विषयक अन्र्तक्रिया
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ ११, सोमबार ००:०३

बिदुर – दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्धेश्यले सन्चालित चलचित्र लेखन तथा निर्देशन तालिम सम्पन्न भएको छ । चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान विषयक अन्र्तत्रmियासमेत गरिएको छ । चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा किरात राई चलचित्रकर्मी सङ्घको आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्र सङ्घसंस्थाहरूको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित ७ दिने चलचित्र लेखन तथा निर्देशन तालिम सम्पन्न भएको हो ।

२० जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा प्रशिक्षकहरु नवीन सुब्बा, महेश त्रिपाठी, वेदना राई, पशुपति राई, किरण राई तथा पुकारमणी राईले प्रशिक्षण दिएका थिए । उक्त तालिममा चलचित्र लेखन, निर्देशन, कथा विकास तथा फिल्म निर्माणसम्बन्धी विविध विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ । सो तालिमले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै मातृभाषी चलचित्रको संरक्षण, प्रवद्र्धन र व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

यसैवीच, चलचित्र विकास बोर्डको सहकार्य तथा नेपाल चलचित्र निर्माता संघको आयोजनामा ‘चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान’ विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाली चलचित्र निर्माण र प्रदर्शन प्रक्रियामा देखिएका व्यावहारिक, नीतिगत तथा संरचनागत चुनौतीका सम्वन्धमा गहन छलफल गरिएको थियो । कार्यक्रममा समूहगत छलफलमार्फत निर्माणतर्फ ४० र प्रदर्शनतर्फ ४० गरी कुल ८० वटा समस्या पहिचान गरिएको छ ।

संघले प्राप्त सुझाव तथा समस्याहरूलाई सूक्ष्म अध्ययन गरी निर्माणका १० र प्रदर्शनका १० गरी २० वटा मुख्य बुँदामा केन्द्रित समाधानमुखी प्रतिवेदन तयार गर्ने जनाइएको छ । नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन सुधार, सहजीकरण र संस्थागत विकासका लागि आवश्यक पहल अघि बढाउन बोर्ड प्रतिबद्व रहेको अध्यक्ष दिनेश डिसीले वताए । उनले वोर्डले यस वर्षलाई चलचित्र दक्षताको बर्षका रुपमा लिएकोसमेत वताए ।


सर्वाधिक रुचाइएको