मकवानपुरका पत्रकार ढोडरी महासंघ प्रशिक्षण समितिको सदस्यमा मनोनयन

पत्रकारलाई दक्ष बनाउँने तालिम सञ्चालनमा भूमिका खेल्छु : ढोडरी
लोकखबर
२३ बैशाख २०७६, सोमबार २२:३५

मकवानपुर । मकवानपुरका पत्रकार मनोज ढोडरी नेपाल पत्रकार महासंघको प्रशिक्षण समितिको सदस्यमा मनोनयन भएका छन् ।
महासंघको विधान बमोजिम आवश्यक विभिन्न समितिमध्ये प्रशिक्षण समितिको सदस्यमा ढोडरीलाई मनोनयन गरिएको हो ।

विगत पन्ध्र वर्ष देखि पत्रकारितामा सक्रिय पत्रकार ढोडरीले आफू सदस्यमा मनोनयन भएपछि लोकखबर डटकमसंग कुराकानी गर्दै महासंघले दिएको जिम्मेवारी पूरा गर्न आफू लागिपर्ने बताए । उनले अब आफूहरु बैठकमा बस्ने र आवश्यक कार्यबारे छलफल गर्ने बताए । टिओआरको बाँकी काम पूरा गर्ने, प्रशिक्षण समितिमार्फत प्रदान गर्नुपर्ने विभिन्न तालिमको प्रकार निर्धारण गर्ने, देशका पत्रकारका लागि आवश्यक प्रशिक्षणका विषयमा आपसमा छलफल गर्ने लगायतका कार्यमा आफू लागिपर्ने उनको भनाई छ । ‘महासंघले मलाई दिएको जिम्मेवारी निर्वाह गर्नेछु ।’ ढोडरीले भने । विशेषत : पछिल्लो समय विकास भइरहेको डिजिटल मिडियाबारे तालिमलाई मुख्य कार्य लक्ष्यमा राख्ने आफ्ना् योजना रहेको उनले बताए ।

उनले अब आफूहरु बैठकमा बस्ने र आवश्यक कार्यबारे छलफल गर्ने बताए । टिओआरको बाँकी काम पूरा गर्ने, प्रशिक्षण समितिमार्फत प्रदान गर्नुपर्ने विभिन्न तालिमको प्रकार निर्धारण गर्ने, देशका पत्रकारका लागि आवश्यक प्रशिक्षणका विषयमा आपसमा छलफल गर्ने लगायतका कार्यमा आफू लागिपर्ने उनको भनाई छ ।

नेपाल प्रेस सोसाइटीका केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका पत्रकार ढोडरी नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्य समिती सदस्य हुन् । हाल साझापोष्ट डटकममा बरिष्ठ संवादाताको भूमिकामा रहेका ढोडरीसंग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ। गोरखापत्र देनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, समृद्द समाज दैनिक, रेडियो आकाशगंग, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, खबरमोर्चा साप्ताहिक लगायतका पत्रिकामा रिपोर्टिङ तथा सम्पादन गरेको अनुभव पत्रकार ढोडरीसंग छ ।
विभिन्न सञ्चारमाध्यममा आबद्द भएर आफूले भोगेको अनुभव तथा पत्रकारलाई दक्ष बनाउँन आवश्यक पर्ने विभिन्न प्रकारका तालिम सञ्चालन गर्नका लागि आफू सक्रियतापूर्वक लाग्ने उनको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*