अमेरिकी डलरसहित युवक पक्राउ

– कारवाहीका लागि राजश्व अनुसन्धान विभाग
लोकखबर
२०८३ जेष्ठ १२, मंगलवार २३:३६

बिदुर – नुवाकोटसंगै जोडिएको रसुवावाट अमेरिकी डलरसहित अर्का एक युवक पक्राउ परेका छन् । युवकलाई राजश्व अनुसनधान विभाग पठाइएको छ । एक दिन अगाडि पनि अमेरिकी डलरसहित एक युवक पक्राउ परेका थिए ।

सार्वजनिक यातायात वसमार्फत काठमाडौंबाट नुवाकोट हुदै रसुवाको टिमुरेतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले सांढे १४ हजार अमेरिकी डलर बरामदसहित पक्राउ गरेको हो । पासाङल्हामु सडकखण्डमा रहेको वेत्रावति–कालिकास्थान–धुन्चे सडकखण्डको वीचमा रहेको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजारमा चेकजाँचका क्रममा अमेरिकी डलर भेटिएपछि ओखलढुंगाको ठुलाछाप गाउँपालिका–२ घर भएका ३७ वर्षीय मीनवहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिएका छन् ।

उनका अनुसार बा.प्र.०१–००६ख७६०७ नम्बरको यात्रुवाहक बसमार्फत टिमुरेतर्फ जाँदै थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर खानतलासी गर्दा मगरको साथबाट अमेरिकी डलरसहित पक्राउ परेका युवक मगरलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललीतपुर पठाइएको प्रहरीले जनाएको छ । सोही स्थानवाट एकदिन अगाडिसमेत अमेरिकी डलरसहित अर्का युवक पक्राउ परेका थिए ।


सर्वाधिक रुचाइएको