दुई जना अशक्तलाई व्हिलचेयर प्रदान

– बिदुर नपाले दियो सहायक सामग्री
लोकखबर
२०८३ जेष्ठ १४, बिहीबार ००:३६

बिदुर – अशक्त तथा ज्येष्ठ नागरिक सम्वद्र्धन कार्यक्रम सन्चालन गर्दै आएको नुवाकोटको बिदुर नगरपालिकाले अशक्तहरुलाई व्हिलचेयर प्रदान गरेको छ । एकै दिन दुई जनालाई उक्त सहायक सामग्री प्रदान गरिएको हो । विदुर नगरपालिका ४ की ज्येष्ठ नागरिक लुकीमाया तिमिल्सिनाको स्वास्थ्यमा गम्भीर समस्या भएकाले हिडडुल गर्नको लागी सहज बनाउन विदुर नपाको तर्फबाट मेयर राजन श्रेष्ठले वुधवार उनका लागि एक थान ‘आधुनिक ह्वील चियर’ प्रदान गरेका हुन् ।

तिमिल्सिनाको परिवारलाई मेयर श्रेष्ठले उक्त व्हिलचेयर हस्तान्तरण गरेका हुन् । यस्तै, विदुर नगरपालिका १० गैरीखर्ककी शारिरिक रुपमा अशक्त मिठु तामाङलाई हिडडुल गर्नको लागी सहज बनाउन विदुर नपाको तर्फबाट वुधवारै एक थान ह्वीलचेयर प्रदान गरिएको छ । मेयर राजन श्रेष्ठले तामाङको परिवारलाई सो ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा परेर घर बाहिरभित्र हिडडुल गर्न समेत नसक्ने भएकाले तामाङको दैनिक जनजीवन सहज बनाउनको लागी एक थान ह्वील चियर उपलब्ध गराइएको हो ।बिदुर नपाले ज्येष्ठ नागरिक र प्यारालाइसिस भएका कारण शारिरिक रुपमा अशक्त समेत भएकाले तामाङलाई आफ्नै घरमा समेत बाहिरभित्र गर्न भइरहेको असहजताको कारण दैनिक जनजीवन सहज बनाउन ‘आधुनिक ह्वीलचेयर’ उपलब्ध गराएको मेयर श्रेष्ठले वताए । उनले स्वास्थ्यमा गम्भीर समस्या भएका नगरको अन्य अशक्त, शारिरिक रुपमा कमजोरी, ज्येष्ठ नागरिकहरुको दैनिक जनजीवनलाई सहज बनाउन आवश्यकताको आधारमा आवश्यक सहायता सामग्रीहरु निरन्तर उपलब्ध गराउदै आइरहेको छ ।


सर्वाधिक रुचाइएको