अन्जनाको हत्या गर्नेलाई मकवानपुरबाट कारवाही माग

लोकखबर
२०७६ जेष्ठ ६, सोमबार १९:५७

मकवानपुर । ललितपुरको ढोलाहिटीमा हत्या गरिएकी अन्जना लामा महतको हत्यामा संलग्नलाई कारवाही माग गरिएको छ । मकवानपुर जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै हत्यामा संलग्नलाई कारवाही माग गरिएको हो । गत २६ बैशाखमा ललितपुरको ढोलाहिटिमा भएको मकवानपुरे चेली लामाको विभत्स हत्या भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्दको जिल्ला सन्जाल र महिला मानव अधिकार रक्षक सन्जाल मकवानपुरले सयुक्त रुपमा मकवानपुरका प्रजिअ आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले हत्यारालाई राज्यले कारवाही गर्ने बताए । जघन्य अपराधमा संलग्नलाई कडा भन्दा कडा सजाय दिनुपर्ने भन्दै सञ्जालकी संयोजक आरती पाठकले समाजमा यस्ता अपराध न्यूनीकरण गर्न राज्यले ध्यान दिनुपर्ने बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको