हेटौंडामा गणतन्त्र दिवस मनाउन यस्तो तयारी

लोकखबर
८ जेष्ठ २०७६, बुधबार १३:३६

मकवानपुर । प्रदेश ३ को राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाउँनका लागि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा ४ सय ११ सदस्यीय समिति गठन गरेर आवश्यक तयारी थालिएको छ ।

यही जेठ १४, १५ र १६ गते मनाउने तयारी गरिएको गणतन्त्र दिवसको लागि मूल समारोह समिति निर्माण गरेर प्रदेश सरकार अघि बढेको हो । समारोह समितिलाई सहयोग पुर्याउन पाँच उपसमिति समेत गठन गरिएको छ ।

पाँच उपसमितिहरुमा प्रचारप्रसार उपसमितिमा संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, अतिरिक्त क्रियाकलाप समन्वय उपसमितिमा संयोजकमा सामाजिक विकासमन्त्री युवराज दुलाल, झाँकी तथा र्याली उपसमितिको संयोजकमा जिल्ला समन्वय परिषदका प्रमुख रघुनाथ खुलाल, नगर सरसफाई उपसमितिको संयोजकमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मन्च सजावट उपसमितिको संयोजकमा मकवानपुरका प्रजिअ आश्मान तामाङ रहेको जनाइएको छ ।

प्रदेश राजधानी हेटौंडामा भव्य रुपमा मनाउने तयारी गरिएको गणतन्त्र दिवस सफल बनाउँन आम नागरिकलाई प्रदेश सरकारले आग्रह गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *