सुनचांदी ढक तराजु परिक्षण

– गुणस्तरिय सेवाको निर्देशन
लोकखबर
२०८३ जेष्ठ १८, सोमबार ००:३९

बिदुर – नुवाकोटका विभिन्न स्थानमा सुनचादी व्यवसाय गरिरहेकाहरुको सुविधाका लागि उपकरण परिक्षण गरिएको छ । गुणस्तरिय सेवा दिन सरोकारवाला निकायले निर्देशन दिएको छ ।

नुवाकोट सुनचाँदी व्यवसायी संघमा आबद्ध व्यवसायी सदस्यहरूको ढकतराजु जाँच गरिएको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग कार्यालयबाट खटिएका प्रतिनिधिहरूले नुवाकोटका विभिन्न सुनचांदी व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक तथा तराजूको परीक्षण गरेका हुन् ।

सुनचांदी व्यवसायीका सबै उपकरणहरू परिक्षण गरिएका हुन् । यसले व्यवसायमा गुणस्तरियता, पारदर्शिता तथा विश्वसनीयता बढेको नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भीमराज वज्राचार्यले जानकारी दिए ।


सर्वाधिक रुचाइएको