अशक्तलाई सहायक उपकरण प्रदान
बिदुर – नुवाकोटको बिदुरकी एक जना अशक्त व्यक्तिलाई सहायक उपकरण प्रदान गरिएको छ । बिदुर नगरपालिकाले अशक्त सम्वद्र्धन कार्यक्रमअन्र्तगत एक जना अशक्त महिलालाई सहायक सामग्री प्रदान गरेको हो । विदुर नगरपालिका २ निवासी शारिरिक रुपमा अशक्त सजिना थापालाई हिडडुल गर्नको लागी सहज बनाउन सोमवार एक थान व्हिलचेयर प्रदान गरिएको हो ।
विदुर नपामा आयोजित कार्यक्रमकावीच मेयर राजन श्रेष्ठले आधुनिक ह्विलचेयर उनको परिवारलाई हस्तान्तरण गरेको हो । शारिरिक रुपमा पूर्ण अशक्त रहेकी उनलाई उपलब्ध गराइएको उक्त सामग्रीबाट आउजाउ एंव शौचालयको लागी सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसका साथै विदुर नपाले स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ एंव हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त हुनुभएका नगरबासीलाई आवश्यकता अनुसार नगरपालिकाबाट स्वास्थ्य सहायता सामग्री उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका व्यक्तिहरुलाई यसको लाभ लिनको लागी मेयर श्रेष्ठले अनुरोध गरेका छन् ।











































