मकवानपुरमा बन्दको पूर्ण प्रभाव, ट्रकमा आगजनी, बुद्दचोकमा प्रेसर कुकर बम

लोकखबर
१३ जेष्ठ २०७६, सोमबार ०६:१८

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दले मकवानपुरको जन जीवन विहानैबाट प्रभावित बनेको छ ।

जारमा कुनै सवारी साधज चलेका छैनन् । बन्दमा एकाविहानै हेटौंडाको चौकीटोलमा ट्रकमा आगजनी गरिएको छ ।

त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकी नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार आगजनीका कारण ट्रकको पूरै भागमा क्षति पुगेको छ ।

बन्दका कारण स्थानीय त्रसित बनेका छन् । हेटौंडाको बुद्घचोकमा राखिएको प्रेसर कुकर बम विहान डिस्पोज गरिएको छ । बम फेला परेको खबर पाएको प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बिहान ५ बजेतिर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*