‘बालिका दुलही होइनन्’ राष्ट्रिय सञ्जालमा बाल कल्याण समाज उपसंयोजक

लोकखबर
१८ जेष्ठ २०७६, शनिबार २०:२४

मकवानपुर । नेपालमा बालविवाह न्यूनीकरणका लागि काम गर्ने संस्थाहरुको साझा सञ्जाल मार्फत अभियान थालिएको छ । अभियानका लागि ‘बालिका दुलही होईनन्’ राष्ट्रिय सञ्जाल गठन गरिएको छ । मकवानपुरको बाल कल्याण समाज लगायत २१ वटा संस्थाहरुको राष्ट्रिय सञ्जाल निर्माण भएको हो ।
आगामी ३ वर्षका लागि आमा मिलन केन्द्रकी अध्यक्ष वैजयन्ती कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन को चयन गरिएको हो । सञ्जालमा ७ जना सदस्यरहेका छन् भने सातै प्रदेशबाट एक, एक जना प्रतिनिधि पनि रहेका छन् ।
समितिमा उप संयोजक बाल कल्याण समाज, मकवानपुरका प्रकाश खतिवडा, महासचिव कृपाका आनन्दकुमार तामाङ, सदस्यमा सोलिड नेपालका अजिता आचार्य, जानकी महिला जागरण समाज धनुषाका विष्णु कुमार भण्डारी, सिविन नेपालका निरिजना भट्ट, संरक्षण समुह नेपालका जेनि पोखरेल रहेका छन् ।
काठमाडौंमा भएको भेलाले १ नम्बर प्रदेशबाट संकल्प सिबिआर सुनसरीका लखनलाल साह, २ नम्बर प्रदेशबाट जनचेतना अभियान धनुषाका सुनील यादव, ५ नम्बर प्रदेशबाट किड्स कपिलवस्तुका कृष्णकुमार द्धिवेदीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ । अन्य प्रदेशका प्रतिनिधि कार्यसमितिले पछि चयन गर्ने जनाइएको छ ।
सञ्जालको नयाँ कार्यमितिले संघिय, प्रादेशिक र स्थानिय तहका सरकारहरू, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू र नागरिक समाजसँग मिलेर नेपाल सरकारको बालविवाह अन्त्य गर्ने र दिगो विकासको लक्ष्य हासिल गर्ने अभियानमा लागिपर्ने सञ्जालका नव उपसंयोजक संस्था बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार नेपाल सरकारले सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने प्रतिबद्दता सहितको जारी गरिएको रास्ट्रिय रणनिति २०७२ लाई सघाउन सञ्जाल अभियानका रुपमा अघि बढ्ने छ ।
सरकारको बाल विवाह विरुद्दको अभियान सफल बनाउँन सघाउन लागिपरेको सञ्जाल ‘बालिका दुलही होईननको राष्ट्रिय सञ्जाल’ को २०१२ मा सातवटा गैरसरकारी संस्थाहरूको साझा प्रयासबाट स्थापना भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*