बिश्व रक्तदाता दिवसमा रक्तदान
बिदुर – विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटको विदुरमा रक्तदानलगायतको कार्यक्रम गरिएको छ । दिवसका क्रममा सामूहि रक्तदानका साथै अन्र्तक्रियालगायतका कार्यक्रम गरिएको हो । २३औँ विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटको विदुरमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिला र २५ जना पुरुष गरी कुल २९ जनाले रक्तदान गरेका छन् ।

बिदुर युवा रेडक्रस सर्कलको आयोजना तथा नेपाल स्वंसेवा रक्तदाता समाज नुवाकोट र बिदुर सिटी युवा क्लवको व्यवस्थापनमा गरिएको रक्तदानमा सर्वसाधारण, कर्मचार,ि जनप्रतिनिधि, युवालगायतले रक्तदान गरेको आयोजक समूहका संयोजक सुमन श्रेष्ठले जानकारी दिए । उनले सामाजिक सेवा रक्तदान जस्तो पुण्य तथा मानव जीवन बचाउने पवित्र कार्यमा सहभागी भई अमूल्य योगदान पु¥याएका सम्पूर्ण रक्तदाता महानुभावहरूमा सम्मान तथा आभार व्यक्त गरेका छन् ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग प्रदान गरेको थियो । “रक्तदान जीवनदान” भन्ने नाराका साथ आइतवार विश्व रक्तदाता दिवस मनाइएको हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइएको हो ।
























































