त्रिशूलीमा विशेषज्ञ उपचार सेवा

– झण्डै डेढ सयले लिए सेवा
लोकखबर
२०८३ जेष्ठ ३१, आईतवार १९:१०

बिदुर – आम सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले नुवाकोटको त्रिशूलीमा विशेषज्ञ उपचार सेवा सन्चालन गरिएको छ । यसवाट सर्वसाधारणले विशेषज्ञ चिकित्सकमार्फत सेवा पाएका छन् । विशेषज्ञ सेवा अन्तर्गत नाक कान घाँटी सम्बन्धि बिरामीले सेवाबाट लाभान्वित भएका हुन् ।

यसका साथै दुरबीनद्वारा कानको जालीको शल्यक्रिया समेत सम्पन्न गरिएको त्रिशूली अस्पतालले जनाएको छ । त्रिशूली अस्पतालमा शनिवार गरिएको विशेषज्ञ सेवा अन्तर्गत छालारोग, वालरोग तथा नाक, कान, घाँटीतर्फका विरामीहरुले सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्ये एकसय ६ जनाले एकेपटक सेवा पाएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए ।

त्रिशूली अस्पतालमा विशेष प्रभावकारी स्वास्थ्य सेवाहरु प्रदान गर्ने कार्य गरिदै आएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । उनका अनुसार उक्त अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । बिरामीहरूले चिकित्सकिय सेवा पाएर लाभान्वित भएका छन् । त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सयौं सर्वसाधारणको दैनिक रुपमा उपचार हुदै आएको छ ।

 

 


सर्वाधिक रुचाइएको