लोकसेवा आयोग विरुद्द हेटौंडामा लाग्यो यस्तो नारा
मकवानपुर । लोकसेवा आयोगको हेटौंडा कार्यालयमा मंगलबार घेराउ गरिएको छ ।
आयोगले जारी गरेको विज्ञापनमा मधेशी, आदीवासी, सामावेशी लगायतका कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै संयुक्त विद्यार्थी संघर्ष समितिले आयोग कार्यालय घेराउ गरेको हो ।
आयोगले विज्ञापनमा भएको त्रुटी तत्काल सच्यार्थी संघर्ष समितिको माग छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यो विषयलाई गम्भीरता पूर्वक नलिएको भन्दै उनको राजिनामा समेत माग गरिएको छ ।