प्रधानमन्त्री ओलीले भेटे मुख्यमन्त्री पौडेललाई
मकवानपुर । मुटुको सल्यक्रिया सफल भएपछि आराम गरिरहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् ।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दहालले जानकारी दिए ।
प्रधानमन्त्री आलीसंगै उपप्रधान तथा रक्षामन्त्री इस्वर पोख्रेल, तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले भेट गरेका हुन् । मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको आईतबार एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिाएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीका अनुसार मुख्यमन्त्री पौडेलले एक हप्ता आराम गर्नुपर्ने छ ।