सार्वजनिक बिदाबारे अन्यौल, सरकारले भन्यो जेठ २२ गते
मुस्लिम धर्माबलम्बीको पर्व इद उल फितरका दिन बिदा
मकवानपुर । सरकारले जेठ २३ गते मुस्लिम धर्माबलम्बीहरुको पर्व इद उल फितरका दिन सार्वजजिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले मुस्लिम धर्मका सम्मानका लागि एक दिन बिदा दिने निर्णय गरेपनि यही जेठ २२ वा २३ गते भन्नेमा निर्धारित भइसकेको थिएन ।
आम नागरिकमा २३ गते नै सार्वजनिक बिदा हो भन्ने परेको अवस्थामा आज सरकारले सूचना प्रकाशित गर्दै भोलि २२ गते नै सार्वजनिक बिदा दिने जनाएको छ ।
गृहमन्त्रालयले बुधवार इद उल फितर परेको भन्दै बिदाको सूचना प्रकाशित गरेको हो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका थिए ।
सार्वजनिक बिदाका दिन सम्पूर्ण सरकारी, गैर सरकारी लगायत सार्वजनिक सेवा मूलक संस्था बन्द रहनेछन् ।