भैरव अर्याल उर्फ हास्यव्यङ्ग्यको लोकार्पण

– संयुक्त रुपमा विमोचन
लोकखबर
२०८३ असार १६, मंगलवार ००:०४

बिदुर – भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ को लोर्कापण गरिएको छ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा प्रकाशित कृति ‘भैरव अर्याल उर्फ हास्यव्यङ्ग्य’ को लोर्कापण गरिएको हो । कल्पतरु प्रज्ञा प्रतिष्ठनद्वारा प्रकाशित उक्त कृतिको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नपाका मेयर दीपक रिसालले साहित्यको विकासबाट मात्र सभ्य समाजको निर्माण गर्न सकिने जनाउंदै गोकर्णेश्वर नगरपालिकाले साहित्यलाई उच्च प्राथमिकता दिँदै आएको बताए । अन्य पालिकाहरूलेसमेत साहित्यको विकासका लागि गोकर्णेश्वर नपाको अनुशरण गर्न थालेकोमा खुसी लागेको बताए । विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार कालिकाप्रसाद तिमल्सिनाले लोर्कापित कृतिले भैरव अर्याललाई अझ जीवन्त बनाएको बताए ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बावुराम पौडेले लगायतले हास्यव्यङ्ग्य साहित्यमा भैरव अर्यालको नाम अजर अमर रहेको धारणा राखे । प्रतिष्ठानका उपाध्यक्ष डा. विदुला घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार देविका तिमिल्सिनाले भैरव अर्यालको स्मृतिमा महत्वपूर्ण ग्रन्थ तयार पारी प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको टिप्पणी गरिन् । प्रतिष्ठानका सदस्य सचिव राजन पुडासैनीले भैरव अर्यालका हास्यव्यङ्ग्य अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । लोर्कापित कृतिमा कञ्चन पुडासैनी, रोचक घिमिरे, मधुवन पौडेल, रामकुमार पाँडे, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, बाजुराम पौडेल, निर्मल अर्याललगायतको रचना समाविष्ट छन् ।

 


सर्वाधिक रुचाइएको