भीमफेदी ८ मा ज्येष्ठ नागरिकलाई सम्मान

रामकुमार दानी
३१ जेष्ठ २०७६, शुक्रबार १०:२०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८, इपापञ्चकन्यामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

भीमफेदी गाउँपालिकाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाका ५२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिकलाई कमिज सुरुवाल,धोति,चोलो सहित सम्मान गरिएको वडा अध्यक्ष नवराज अधिकारीले जानकारी दिए । ज्येष्ठ नागरिकबाट धेरै कुरा सिक्न सकिने र समाजका लागि योगदान पुर्‍याएकाले कपडा प्रदान गर्दै सहयोग गरिएको उनले बताए ।

वडा अध्यक्ष अधिकारीका अनुसार सम्मान पाएका ज्येष्ठ नागरिकले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । वडा अध्यक्ष अधिकारीले भने,‘ज्येष्ठ नागरिकलाई हामीले ठूलो सहयोग त गरेका होइनौं, उहाँहरुको योगदानको कदर गर्न खोजेको हौं। तर उहाँहरुको अनुहारमा खुशी देख्दा हामीलाई पनि खुशी लागेको छ ।’

सम्मान कार्यक्रममा आएका ज्येष्ठ नागरिकले सरकारले वृद्दभत्ता बढाएकोमा खुशी लागेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*