जिल्लास्तरिय फुटसल प्रतियोगिता सुरु
बिदुर – फुटसल खेल र खेलाडिहरुको प्रवद्र्धनका लागि नुवाकोटको बट्टारमा पाँचौँ एनयुएफसी फुटसल प्रतियोगिता–२०८३ सुरु भएको छ । उक्त प्रतियोगिता आइतबारदेखि सुरु भएर विहीवारसम्म सञ्चालन हुनेछ । बट्टारस्थित नुवाकोट फुटसल मैदानमा सञ्चालन भएको प्रतियोगिताको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले खेलाडिहरुको पहिचान र खेल प्रवद्र्धनका लागि यस प्रकारका प्रतियोगिता फलदायी हुने वताए ।

खेलकुदको विकासका लागि बिदुर नपाले आवस्यक सहयोग गरिहेको मेयर श्रेष्ठले वताए । उनले खेल जीवनवाटै खेलाडिहरु अनुशासित हुनेसमेत वताए । प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र मावि ख र च्वाडी पव्लिक मावि वरावरीमा रोकिएका छन् । निर्धारित खेल समयमा दुवै विद्यालयले गोल गर्न नसकेपछि वरावरी खेल्दै दुवैले समान एक/एक अंक वांढेका छन् । प्रतियोगितामा सहभागिताका लागि छात्र र छात्रा दुवै गरि ५९ टिमले प्रतिस्पार्ध गर्ने भएका छन् । छात्र र छात्राको प्रतियोगिता भने छुट्टाछुट्टै भएको हो ।

प्रतियोगितामा छात्रतर्फ ४९ समूहले प्रतिस्पर्धा गरिरहेका छन् । छात्रातर्फ भने ९ समूह भिडिरहेका छन् । प्रतियोगिता अन्र्तगत आइतवार विभिन्न १३ खेल सम्पन्न भएका छन् । महेन्द्र मावि ख र शहिद जगत प्रकाशजंग शाह संस्कृत माविले चार/चार र च्वाडी पव्लिक मावि दुई अंकका साथ दोश्रो चरणमा प्रवेश गरेका छन् । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरी खेल सन्चालन गरिएको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका सचिव रबिन भुजेलले जानकारी दिए ।

उनका अनुसार सहभागीहरूलाई २ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनएको हो । छात्रतर्फ प्रथमलाई नगद २० हजार, द्वितीयलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । छात्रातर्फ प्रथमलाई नगद १० हजार, द्वितीयलाई नगद सातहजार ५ सय नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतिया्गिताका उत्कृष्ट खेलाडीलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र, हाई स्कोररलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई नगद एकहजार ट्रफी र प्रमाणपत्र र उदीयमान खेलाडीलाई पनि नगद एकहजारका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू बट्टारस्थित नुवाकोट फुटसल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा ३९ वटा विद्यालयका विद्यार्थी खेलाडिहरुको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न, नयाँ खेलाडी उत्पादन गर्न तथा उनीहरूलाई शारीरिक रूपमा स्वस्थ र स्फूर्त बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई अनुशासनमा कायम रहँदै स्वस्थ प्रतिस्पर्धा गर्न तथा खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आह्वान गरे ।

प्रमुख अतिथी श्रेष्ठले यस वर्ष विदुर नपाले दोस्रो मेयर कप फुटबल प्रतियोगिता सञ्चालनको तयारी सुरु गरेको वताए । उनले नगर क्षेत्रमा खेलकुदको वातावरण निर्माण गर्दै प्रतिभावान खेलाडी पहिचान र उत्पादन गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई निरन्तरता दिइने वताए । खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने भएकाले विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बिदुर नपाकी उपमयर प्रभा वोगटीको भनाई छ । उनले विदुर नपाले खेल क्षेत्रमा विभिन्न प्रतियोगिता सञ्चालन गर्नुका साथै आवश्यक खेलकुद पूर्वाधार निर्माण गर्दै आइरहेको बताइन् ।

खेलाडीको क्षमता विकास र खेल क्षेत्रको प्रवद्र्धनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उपमेयर वोगटीले वताइन् । पांच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा बिदुर नपाकी उपमेयर प्रभा बोगटी, बिदुर नपा १ का वडाध्यक्ष लेनिन रञ्जित, बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थ, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी, अखिल नेपाल फुटवल संघ बागमती प्रदेस महासचिव सुरज श्रेष्ठ, एन्फा नुवाकोट अध्यक्ष देवनारायण चित्रकार, प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीलगायतले विद्यार्थीहरुको शारिरीक तथा मानसिक विकासमा खेल क्षेत्रमा मद्धत पु¥याउने वताए ।

लिग तथा नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगिता सन्चालनार्थ करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका अध्यक्ष रामकुमार कोइरालाको भनाई छ । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि खर्च टिम दर्ता शुल्क तथा क्लबको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरिने भए पनि विभिन्न निकाय तथा दाताहरूबाट समेत सहयोगको अपेक्षा गरिएको छ ।





















































