शुभघाटमा नयां सडक खन्ने क्रम जारी
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा कटान गरेको शुभघाटस्थित भित्तामा नयां ट्रयाक खन्ने कार्य धमाधम भइरहेको छ । दैनिक रपमा हेभि इक्युपमेण्टमार्फत नयां ट्रयाक खन्ने कार्य भइरहेको छ । त्रिदेशिय मार्ग अन्र्तगत ढुंगे–शुभघाट–वेत्रावति सडकमार्गको सातविसे क्षेत्रमा तीन सातादेखिको निरन्तर नयां ट्रयाक खन्ने कार्य सकिएसंगै पासाङल्हामु मार्ग जोडिएको हो ।

अव गल्छी–मैलुङ सडकखण्डको गेर्खु नजिकै शुभघाटमा सडक सुचारूको लागि मर्मत कार्य भइरहेको बिदुर नगरपालिका १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ । उनका अनुसार शुभघाटमा कटान गरेको स्थानमा नयां ट्रयाक खोलेपछि नुवाकोट–रसुवा आवतजावतमा सहजता आउनेछ । हाल भने बाढीले क्षति पु¥याएको सडक अस्थायी रूपमा विदुरदेखी बेत्रावतीसम्म पुग्न विदुर–१० को कार्यालय हुँदै जान सकिने वडाध्यक्ष नेपालको भनाई छ ।

गत भदौ १० गते वुधवार विहान १० वजेको अकल्पनीय बाढीपछि अवरुद्ध बनेको सडक खण्ड सुचारु गर्न शुभघाटमा दैनिक तीन थान स्काभेटर परिचालन गरिएका छन् । उक्त स्थानमा नयां ट्रयाक खुलेपछि नुवाकोट हुदै रसुवा आउजाउ गर्ने यात्रुहरूलाई सहज हुने छ ।











































